ईटा भट्टामा काम गर्ने ७ हजार ५ सय मजदुर घर फर्किए



न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरका विभिन्न ईटा भट्टामा काम गर्ने ७ हजार ५ सय मजदुर घर फर्किएका छन् ।सरकारले गरेको लकडाउनको समयमा पनि इटा भट्टाहरु संचालन भएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुगमन गरि ईटा भट्टा बन्द गरि उनीहरुलाई घर पठाउने व्यवस्था मिलाएको हो ।

घर फर्कन नचाहने कामदारलाई आफू बसेको स्थानमा सुरक्षा अपनाएर बस्ने आग्रह गरेको र ईटा भट्टामा काम गरेको पाइएमा कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।भक्तपुरका ईटा भट्टाहरुमा विषेश गरि रोल्पा रुकुम, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, सिराहा र सर्लाही जिल्लाका मजदुरहरु काम गर्न आउने गर्दछन् ।

घर फर्कने मजदुरको लागि पासको व्यवस्था गरि एक गाडीमा २५ जनाको समुह बनाएर बिहिबार ३ हजा ५ सय र शुक्रबार ४ हजार गरि दुई दिनमा ७ हजार ५ सय मजदुरलाई घर फिर्ता पठाएको भक्तपुका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

जिल्लामा ६२ वटा ईटा भट्टा संचालनमा छन ।यस्तै भक्तपुरका अन्य उद्योगहरुमा काम गर्ने कामदारहरुको पनि नामावली संकलन गरिरहेका र उनीहरु पनि घर जान चाहेमा पठाउने व्यवस्था मिलाउने प्रजिअ पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्