हरेक ६ मिनेटमा श्वास फुलेर आउँछ : फुटबलर पाओलो दिबाला



लन्डन, (एजेन्सी) ।’

अर्जेन्टीना स्टार फुटबलर पाओलो दिबालाले कोरोना भाइरसलाई पराजित गरेका छन् । इटालीको युभेन्टस टोलीबाट खेल्ने दिबालाले कोरोनाको संक्रमण खराब सपना जस्तो रहेको बताए । उनले बताए,’केही दिन पहिला म ज्यादै मुश्किलमा थिए । हरेक ६ मिनेटमा श्वास फुलेर आउँथ्यो र मांशपेशी कडा हुन्थ्यो । म बेबस थिएँ ।’

उनले कोरोनालाई खतरनाक भन्दै बताए,’यो निकै खतरनाक संक्रमण थियो । पछि निको हुँदै आउँदा आराम पाएँ । ती दिन मेरो लागि खराब सपना जस्तै थियो । हरेक ६ मिनेटमा श्वास लिनको लागि हम्मे हम्मे हुन्थ्यो । मैले केह गर्न सक्दैन । ज्यादै थकान भएको थियो । शरीर पनि भारी भएको महसुस भएको थियो ।’

दिबालाकी मंगेतर र अर्जेन्टीनाकी सिंगर ओरिआना सबाटीनीलाई पनि कोरोनको संक्रमण भएको थियो । उनी पनिअहिले स्वास्थ्यलाभ लिइरहेकी छन् । कोरोना भाइरसको कारण इटालीको फुटबल लीग सीरी ए समेत विश्व भरिका सबै टूर्नामेंट स्थगित या रद्द भएका छन् ।

दिबालाले पछिल्लो खेलइन्टर मिलानविरुद्ध खेलेका थिए, जसमा उनको टोली युभेन्टस युवेंटस २–० ले जितेको थियो । एक गोल दिबालाले ६७औं मिनेटमा गरेका थिए । इटालियन सिरी ए का ११ जना खेलाडीलाई कोरोना भाइरस टेस्ट पोजिटिभ पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्