टी २० विश्वकप समयमै हुने



लन्डन, (एजेन्सी)

आईसीसी बोर्डलेक्रिकेट टी २० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप सहित प्रमुख टूर्नामेंटका लागि आपात योजनामाथि चर्चा गरेको छ ।

आईसीसीका प्रमुख कार्यकारी मनु साहनीले कुनै निर्णय नभएको जानकारी गरायो । साहनीले बताए– ‘कुनै पनि टूर्नामेंट स्थगितगर्ने या त्यसको मिति परिवर्तन गर्नेसम्मचर्चा भएपनिकुनै ठोस निर्णय लिएको छैन । हामीले आईसीसी टुर्नामेन्टलाई लिएर आपत योजनामाथि कार्य गरिरहने छौं ।

यस समय पुरै विश्वमा कोरोना भाइरसको आपत जारी छ । यसै कारण टोक्यो ओलम्पिक पनि एक वर्षको लागि स्थगित भएको छ । जबकि आईपीएल १५ अप्रिलसम्मको लागि सरेको थियो । तर आईसीसीले भने टी २० विश्वकप समयमा हुने जनाउँदै आइरहेको छ ।

आईसीसी बोर्डका एक सदस्यले बताए–‘अस्ट्रेलियामा हुने टी २० विश्व कपमाथि कुनै खतरा छैन किनभने अक्टोबर अझै टाढा रहेको छ । त्यसैले यो टुर्नामेन्ट समयमै हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्