पाटन अस्पतालसँग सहकार्य गर्ने मेयर चिरीबाबु महर्जनको प्रतिबद्धता



न्युज अफ नेपाल, काठमाडौँ ।

अहिलेको कठिन परिस्थितिमा पनि ललितपुर महानगरपालिका ५ स्थित पाटन अस्पतालले नियमित सेवासँगै कोरोना संक्रमित बिरामीहरुलाई समेत जिम्मेवारीपूर्वक उपचार सेवा दिँदै आएको छ ।

अस्पतालमा आवद्ध चिकित्सक तथा नर्सहरुले गरेको योगदानको प्रशंसा गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले धन्यवाद ज्ञापन गरेका छन् । आफ्नो प्रवाह नगरि बिरामीको सेवामा आहोरात्र खटेका पाटन अस्पतालका चिकित्सक तथा नर्सले मुलुकलाई अप्ठ्यारो परेको बेलामा संयमतापूर्वक काम गरेको मेयर महर्जनले बताएका छन् ।

यस्तै, उनीहरुले गरेको योगदानको सम्मान गर्दै आगामी दिनहरुमा पनि स्वास्थ्य क्षेत्रलाई अझै मजबुत बनाउन ललितपुर महानगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

अस्पतालका कर्मचारीको लगनशीलता र काम प्रतिको जिम्मेवारीलाई कदर गर्दै महानगरपालिकाले दिवा खाजाका लागि आमन्त्रण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्