एकै विमानमा नेपाल आएका दुई जना कोरोना संक्रमित



न्युज अफ नेपाल, काठमाडौं ।

बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस संक्रमण भेटिएको पुष्टि भएको छ ।

उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । गत १० चैतमा सोही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । संक्रमण पुष्टि भएसँगै ती युवतीसँग विमानमा आएका सबैको खोजी गरिएको थियो ।

सोही क्रममा बागलुङकी युवतीको धौलागिरि अस्पतालमा नमुना संकलन गरिएको थियो । परिक्षणपछि उनमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । संक्रमण पुष्टि भएकी उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संंख्या पाँच पुगेको छ । उनीहरू मध्ये एक जना निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्