वुहान आंशिक रुपमा खुला



बेइजिंग, (एजेन्सी) ।

पहिलो पटक कोरोना भाइरस शुरु भएको चीनको हुवेइ प्रान्तको वुहान शहर शनिवार देखि आंशिक रुपमा खुल्ला गरिएको छ । यो शहर दुई महिना भन्दा लामो समयदेखि आइसोलेसनमा रहँदै आएको हो । वुहानको टे«न स्टेसनमा जम्मा भएका यात्रुका तस्वीरहरु सार्वजनिक भएका छन् । सरकारी सुत्रका अनसार बाहिरबाट आएकाहरुलाई मात्र शहर प्रवेश गर्न दिइएको हो ।

वुहान वासिन्दालाई अझै शहर छोडेर अन्त जाने अनुमति दिइएको छैन । हुवेइको प्रान्तिय राजधानी वुहानमा ५० हजार जना भन्दा बढि कोरोना भाइरस संक्रमित भेटिएका थिए । त्यहाँ कम्तिमा ३ हजार जनाको ज्यान गएको थियो ।

चीनमा पछिल्लो समयमा देखिएका ५४ जना संक्रमित विदेशबाट आएका व्यक्ति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्