अख्तियारका प्रमुख आयुक्तसहित दुईको तलब कोरोना रोकथाम कोषमा



न्युज अफ नेपाल, काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे र दुई आयुक्तहरु डा. गणेशराज जोशी र डा. सावित्री थापा गुरुङले आफ्नो तलब सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

आयोगले शनिबार गरेको निर्णय अनुसार प्रमुख आयुक्त र दुई आयुक्तले कोषमा आफ्नो शुरु तलब स्केलको १५ दिनको रकम जम्मा गर्न लागिएको हो ।

आयोगले विज्ञप्ती निकाल्दै भनेको छ–‘ कोरोना भाईरस (कोभिड(१९) को विश्व महामारीको वर्तमान अवस्थामा कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र उपचारको लागि सहयोग पुर्याउन कोषमा रकम जम्मा गर्न लागिएको हो ।’

त्यस्तै आयोगमा कार्यरत सचिव लगायतका कर्मचारीहरुको हकमा नेपाल सरकार सचिब वैठकको मिति २०७६ चैत्र ११ को निर्णय बमोजिम दिनको तलव रकम उक्त कोषमा जम्मा गरिने विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्