१२ वर्षे साबिहले मेटाइदिए भारत पाकिस्तानबीच शत्रुताको सीमा



इस्लामाबाद (एजेन्सी) ।

जम्मु काश्मिरबाट भारतले अनुच्छेद ३७० हटाएपछि सायदै कुनै दिन होला, भारत पाकिस्तानबीच गोलाबारीको समाचार नआएको । तर गत हप्ता अटारी बोर्डरमा भारत पाकिस्तान दुबै देशको सरकारले एक १२ बर्षिय बालकका लागि सबै प्रोटोकल तिलान्जली दिए । सबै सत्रुता बिर्से ।

गत महिना पाकिस्तानका १२ बर्षिय साबिह शिराज मुटुको शल्यक्रियाका लागि गत महिना नोएडा स्थित जेपी अस्पताल पुगेका थिए । साबिह कराचीका हुन्, फेब्रुअरी १८ उनी आफना आमाबुबासँग नोएडा पुगे । फेब्रुअरी २५ मा उनको शल्यक्रिया भयो । मार्च १६ सम्म अब्जरवेसनका लागि अस्पतालमै राखियो । मार्च १८ मा जेपी अस्पतालबाट साबिहलाई डिस्चार्ज गरियो । त्यसको तीनदिनपछि उनीहरु अटारी सीमा पुगे । तर अटारीबाट पाकिस्तान पुग्न साबिह र उनका परिवारले धेरै कठिनाइको सामना गर्नु पर्यो ।

साबिहका पिता शिराज अरसदले सीमा पार जान भारतिय इमिग्रेसन अधिकारीहरुसँग धेरै अनुनय विनय गरे तर सफल हुन सकेन । शिराजले भने ,’ बोर्डरक्रस गर्न मैले अधिकारीहरुसँग धेरै मद्दत मागेँ । मैले उनीहरुलाई आफनो छोराको मुटुको शल्यक्रिया गराएको बारेमा बताएँ, तर उनीहरुले मेरो कुरा सुन्नै चाहेन । किनभने पाकिस्तानी अधिकारीहरुले ४० काश्मिरी महिलालाई भारत पठाउन अस्विकार गरिरहेको थियो ।’

यसबीच शिराजले जसोतसो पाकिस्तानका एक पत्रकारसँग कुरा गरे र आफनो समस्या राखे । त्यसपछि पाकिस्तान पत्रकारले अमृतसरका एक पत्रकार रविन्दर सिंंह रोबिनसँग कुरा गरी साबिह र उनको परिवारलाई मद्दत गर्न अनुरोध गरे । रविन्दर सिंह अटारी बोर्डर पनि पुगे तर त्यतिबेलासम्म इमिग्रेसन अधिकारी त्यहाँबाट गइसकेका थिए । तर रविन्दर सिंहले साबिह र उनको परिवारलाई अमृतसर लिएर गए र त्यहाँ आफनो घरमै बस्ने ब्यवस्था मिलाए ।

रविन्दरले अटारी सीमामा फसेका साबिहका परिवारको मद्दतका लागि भारतिय अधिकारीहरुसँग कुरा चलाए । अर्को तर्फ पाकिस्तानी पत्रकारले पनि पाकिस्तानको विदेश सचिव सोहैल महमुदसँग साबिहका बारेमा बताए । त्यसपछि पाकिस्तानको विदेश मन्त्रालयले दिल्ली स्थित पाकिस्तान उच्चायोगलाई पाकिस्तानी परिवारलाई फर्काउन तत्काल भारतिय अधिकारीसँग सम्पर्क गर्न निर्देशन दिए । पाकिस्तानी उच्चायोगको अनुरोधमा भारतिय अधिकारीहरुले सीमा पार गर्न साबिह र उनको परिवारलाई विशेष पास जारी गरिदिए ।

पाकिस्तानी उच्चायोगबाट फोन आएपछि मार्च २० मा दिउँसो अटारी सीमा पुगेको र भारतिय अधिकारीहरुले उनीहरुलाई नियम अनुसरा सीमा पार गर्न अनुमति दिएको शिराज अरसदले बताए । शिराजले कठिन समयमा मद्दत गरेकोमा रविन्दर र भारतिय अधिकारीहरुलाई धन्यवाद दिएका छन् ।

प्रतिकुल सम्बन्धका वावजुद भारतिय र पाकिस्तानी अधिकारीहरुबीच आपसी सहयोगका कारण आफु घर जान सकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्