मेडिकल सामग्री लिन वाइडबडी चीनतर्फ



न्युज अफ नेपाल, काठमाण्डौँ ।

मेडिकल सामग्री र औषधी लिन नेपाल एयररलाइन्सको वाइडबडी विमान आज चीन गएको छ ।

मेडिकल सामग्री लिनका लागि वाइडबडी विमान आज दिउँसो साढे १२ बजे चीनको ग्वान्झाउतर्फ उडेको हो । सो विमान आज राति नै नेपाल फर्कने छ ।

कोरोना संक्रमण रोकथामका लागि आवश्यक औषधिका साथसाथै चिकित्सकका लागि पर्सनल प्रोटेक्टिभ युनिट (पीपीई) र भेन्टिलेटर लगायतका सामग्री ल्याउने उदेश्यले उक्त विमान चीन प्रथान गरेको हो ।

विमानमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना रहेका छन् । यस्तै, नेपाल एअरलाइन्सले अप्रिल २, ३ र ४ तारिखमा थप ३ वटा विमान चीन पठाउने भएको छ । उक्त मितिमा चीन जाने भनेका विमान भने निजी क्षेत्रले चार्टर गरेका हुन् । नेपाललाई चाहिने मेडिकल सामाग्री र औषधी ल्याउनका लागि विमान चार्टर गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्