लमजुङका दुई अस्पतालमा ज्वरो मापन केन्द्र सञ्चालन



शिक्षा पन्त, लमजुङ ।

लमजुङको दुई अस्पतालमा ज्वरो मापन केन्द्र (फिबर क्लिनिक) सञ्चालन गरिएको छ ।

बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको हो । नोवेल कोरोना भाइरस संक्रमण सम्भावितको चेकजाँच तथा उपचारका लागि फिबर क्लिनिकको व्यवस्था गरिएको हो ।

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा सोमबारबाट अस्पतालको टिकट काउण्टर अगाडि टेन्ट हालेर फिबर क्लिनिक सञ्चालन गरिएको छ । अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुुसार ज्वरो, रुघाखोकी समस्या भएकालाई छुट्टै उपचारका लागि क्लिनिक सञ्चालन गरिएको हो । क्लिनिकमा चिकित्सकले बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म सेवा दिने छ ।

शुक्रबार भने ९ बजेदेखि २ बजेसम्म मात्र सेवा दिइने छ । सम्बन्धीत विरामीलाई क्लिनिकबाट सेवा दिइने छ । इमरजेन्सी सेवाका लागि इमरजेन्सी वार्डमा जाने गरेका छन् । ज्वरो आउने, रुघा लाग्नेजस्ता लक्षण देखिएर कोरोनाको शंकामा जाँचका लागि आएका बिरामीलाई राख्नका लागि छुट्टै फिबर क्लिनिक सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था गर्दै सरकारले त्यसका लागि प्रतिअस्पताल १० लाख रुपैयाँ दिएको थियो ।

सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्रले ज्वरो, आउने, रुघा लागनेजस्ता लक्षण देखिएर कोरोनाको शंकामा जाँचका लागि आएका विरामीका लागि छुट्टै क्लिनिक सञ्चालन गरिएको बताउनुभयो । सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा फिबर क्लिनिक सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्