खेलको कारण इटालीमा कोरोना संक्रमण फैलिएको दाबी



लन्डन, (एजेन्सी) ।

कोरोना भाइरसको कारण विश्वभरिमा सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । यहाँ अहिलेसम्म ७ हजार भन्दा बढी व्यक्तिले कोरोनाको कारण ज्यान गुमाइसकेका छन् । यसमध्ये १ हजार जनाको मृत्यु बर्गामो सहरमा भएको छ ।

इटालीमा सबै भन्दा प्रभावित राज्ययही नै हो । इटालीका इम्युनोलिस्ट फ्रान्सिस्को फोकेले दावा गरे कि यस महामारी देशमा फैलिनुको कारण च्याम्पियन्स लिगको एक म्याचथियो ।

अटलान्टा र भेलेन्सिया बीचको उक्त खेल सानसिरो रंगशालामा खेलिएको थियो । अटलान्टाले यो खेल ४–१ ले जितेको थियो ।

बर्गामोका करिब ४० हजार व्यक्ति आफ्नो टिम अटलान्टाको खेल हेर्न मिलान पुगेका थिए । त्यही पाहुना टोली भेलेन्सियाका करिब २५ सय भन्दा बढी समर्थक अटलान्टा आएका थिए । यस खेलको दुई दिनपछि इटालीमा कोरोना भाइरस संक्रमित स्थानीयको मृत्यु भएको मामिला आएको थियो । यसपछि स्थिति यसरी बेकाबु भयो कि इटालीका यस सहर कोरोना भाइरसको केन्द्र बनेको छ ।

बर्गामोका मेयर जियोजिर्यो गोरीले यस साता विदेशी मिडियासँग बताएकाथिए , ‘यदिजनवरीमै यो भाइरस युरोपमा आएको थियो भने यो संभव छ कि च्याम्पियन्स लिगको खेल हेर्न पुगेका ४० हजार व्यक्तिले एक आपसमा कोरोनाबाट संक्रमित गरेको हुन सक्छ । ‘ मेयरको अलावा बर्गामो अस्पतालका पल्मोनाजी विभागका प्रमुखले सो खेललाई जैविक बम भनेर उल्लेख गरिसकेका छन् । किनभने यो खेल हेर्न सानसिरो रंगशालामा पुगेका अधिकतर व्यक्तिले सार्वजनिक यातायात प्रयोग गरेकाथिए । यस्तोमा एक आपसमा सम्पर्क आएर धेरै संक्रमित भएको शंका गरिएको छ ।

बर्गामोका पोप जान अस्पतालका आईसीयू इन्चार्ज लुकालोरिनीले एक दिन अघि बताएकि सो खेलमा एटलान्टाले ४ गोल गरेको थियो । ४ गोल गर्दा त्यहाँ उपस्थित एटलान्टाका समर्थकहरु एक आपसमा चार पटक अँगालो मारेको वाकिस गरेकाहोलान् । यस्तोमा कोरोना भाइरस फैलिनेको कारण यो पनि रहेको बताएका थिए । हाल इटालीले युद्ध लडिरहेको, जब यसबाट राहत मिल्छ तब ती४० हजारसँग मिल्नजाने र कति जान पोजिटिभ छन् भन्ने जान्न कोसिस गर्ने भनेर लोरिनीले बताए ।

त्यस्तै एटलान्टाका कप्तान एलेग्जेन्ड्रो गोमेजको भनाइ अनुसार यो निकै भयानक कुरा हो । बर्गामो शहरको जनसंख्या १ लाख २० हजार छन् । सो दिन ४० हजार बर्गामोका समर्थक रहेका थिए । एटलान्टाका लागि सो खेल ऐतिहासिक थियो । त्यसैले त्यति संख्यामा समर्थक मिलान आएको भन्दै गोमेजले बताए ,’मेरी श्रीमतीलाई पनि मिलान पुग्न ३ घण्टा लागेको थियो, जबकी सामान्य त्यहाँ पुग्न ४० मिनेट मात्रै लाग्छ । ‘

सोही खेलपछि भेलेन्सिया टोलीका ३५ प्रतिशत खेलाडी र स्टाफलाई कोरोना पोजेटिभ भेटिएको थियो । बर्गामोमा सो भाइरसले गर्दा स्थिति बेकाबु भइरहेको छ । त्यहाँको कब्र लाशले भरिएको छ । यस्तोमा सेनाको मददलिनु परेको छ र कोभिड १९ बाट ज्यान गुमाउनेहरुलाई सेनाको ट्रकमा राखेर छीमेकी राज्यमा पुर्न लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्