अस्पताल ध्वस्त पार्न खोज्ने मारिए



न्युयोर्क,(एजेन्सी)

अमेरिकाको मिसौरी राज्यको कोरोना भाइरस पिडितहरुको उपचार भइरहेको एउटा अस्पताल बमले उडाउने योजना बनाएको आशंका गरिएका एकजना पूरुषको संघीय जाँचबुझ ब्युरो ( एफबिआइ ) सँगको गोली हानाहानमा ज्यान गएको अमेरिकी सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

आन्तरिक आतंकवाद अनुसनधानको क्रममा वेलटन शहरमा एफबिआइले नियन्त्रणमा लिन खोज्दा टिमोथीआर विल्सन नामक ति ३६ वर्षीय व्यक्ति मारिएका हुन् । उनी जातिय पूर्वाग्रही तथा सरकार विरोधी भएको प्रारम्भिक छानविनबाट खुल्न आएको छ ।

प्रतिक्रिया दिनुहोस्