कोरोना प्रभाव: बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्मका लागि रोकियो



न्युज अफ नेपाल,काठमाडाैँ ।

बीमा समितिले बीमा शुल्क संकलन कार्य चैत मसान्तसम्म स्थगन गर्न निर्देशन दिएको छ । परिस्थिति सामान्य भएपछि बिनाब्याज सो शुल्क संकलनको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ । कोरोना भाइरसको प्रभावले लक डाउन भएको अवस्थालाई मध्यनजर गर्दै समितिले यस्तो निर्देशन दिएको हो ।

 

साथै, बीमा अवधि समाप्त भएको बीमा लेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोधका आधारमा बीमा लेख नवीकरण हुने व्यवस्था गर्न समितिले भनेको छ ।

 

निर्जीवन बीमा कम्पनीको बिमकले तत्कालै उत्पन्न हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यममार्फत बीमितबाट यथेष्ठ प्रमाण संकलन गर्ने र अवस्था सामान्य भएपछि तुरुन्त सर्भेयर खटाई क्षति एकीन गरी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्