प्रधानमन्त्री ओली अस्पताल भर्ना



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति  प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो ।

उहाँलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको स्रोतले जानकारी दियो ।

नागरिकलाई घरमै रहन आग्रह गर्दै आफूले निवासबाटै सरकार, सत्ता चलाइरहेको बताएका प्रधानमन्त्रीले स्वास्थ्यको फलोअप पनि बालुवाटारबाटै गरिरहेको सचिवालयले जानकारी गराउदै आएको थियो ।

बाह्य सङ्क्रमण नछिरोस् भनेर प्रधानमन्त्री निवासको २ नम्बर र ३ नम्बर गेटमा स्वास्थ्य जाँच गरिने र सुरक्षाकर्मी निश्चिन्त भएपछि मात्रै भित्र पठाउने गरिएको थियो ।

प्रधानमन्त्रीले आफ्नै सचिवालय सदस्यहरूसँग पनि भेटेका नगरी आवश्यकताअनुरूप फोनबाटै सबै काम गरिरहनु भएको थियो । प्रधानमन्त्री ओलीले गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्