४९ जना सेना आफैले निर्माण गरेको व्यारेककै क्वारेन्टाईनमा



बासुदेव शर्मा, जाजरकोट ।

नेपाली सेना ज्वाला दल गण व्यारेक जाजरकोटले हालै व्यारेकमा भित्रिएका ४९ जना सैनिकहरुलाई आफैले निर्माण गरेको ब्यारेक भित्रको क्वारेन्टाईनमा राखेको छ । तालिम, कार्यक्रम,घरविदा र सरुवा भई व्यारेकमा आएका ४९ जना सैनिकहरुलाई व्यारेक भित्रै निर्माण गरेको क्वारेन्टाईनमा राखिएको हाे ।

 

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण देखिएकाले संम्भावित महामरीका विरुद्ध हाईअलर्ट अवस्थामा रहन विदा, काज, तालिममा गएका सैनिकलाई ज्वाला दल गण मालिका व्यारेकमा वोलाएको प्रमुख सेनानी सुरेन्द्र प्रताप रावलले वताउनु भयो ।

 

कोरोना भाईरसको संक्रमण प्रति उच्च सचेतना अपनाउन आफनो सुरक्षा आफै गर्ने उपाय अपनाउदै जिल्ला वाहिरबाट आएका सेनालाई १४ दिन सम्म क्वारेन्टाईनमा वस्न लगाएर स्वास्थ्य देखिए पछि अन्य सेनाको सम्पर्कमा लिने प्रमुख सेनानी रावलले वताउनु भयो ।

आफनो सानो गल्ती, व्यवास्ताका कारण ठुलो क्षति हुन सक्ने भएकोले सवैले इमान्दारी पुर्वक सचेतना अपनाउने र सरकारको आदेशलाई पालना गरि सम्भावित क्षतिबाट वच्न सकिने भएकोले कसैले पनि कोरोना संक्रमणलाई व्यवास्ता नगरि सर्तकतामा कन्जुस्याई गर्न नहुने ज्वाला दल गण व्यारेकका गणपति सुरेन्द्रप्रताप रावलले वताउनु भयो ।

 

जिल्लामा हुन सक्ने खतरा र आपतलाई मध्यनजर गरि नेपाली सेनाको ब्यारेक भित्रै क्वारेन्टाईनहरु निर्माण गरेका छौ । कोरोना भाईरस संकास्पद संक्रमितहरुलाई क्वारेन्टाईनमा राखेर सहयोग गर्ने वताउनु भयो ।

जाजरकोट भित्रका मुख्य स्थानहरुमा स्थापना गरेका हेल्प डेस्क लगाएत चेतनामुलक गतिविधिहरुमा नेपाली सेनाले प्रत्यक्ष रुपमा सहभागीता जनाएर सहयोग गरिरहेको छ । कोरोना भाईरसको संक्रमण रोक्नका लागी उच्च सर्तकता अपनाएर काम गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनु भयो ।

महामारीको संक्रमण फैलिएका वेला भारत र नेपाल भित्रवाटै जिल्ला भित्रिने नागरिकहरुको स्वास्थ्य जाँच संकास्पदहरुलाई क्वारेन्टाईनमा राखेर सुरक्षाका उपाया अपनाउने काममा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानिय सरकार सरोकारवालाहहरुले सक्रियता पुर्वक सहयोग गरेको प्रमुख जिल्ला अधिकारी पन्तले वताउनु भयो ।

जनचेतनाका कार्यक्रमहरुलाई सक्रियताका साथ लिन आ आफनो स्थानबाट नागरिकहरुमा सचेत जगाउन सवै निकायहरुसग प्रमुख जिल्ला अधिकारीले पनतले आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्