कालीगण्डकीमा २८ जना होम क्वारेन्टाइनमा, स्वास्थ्यकर्मी घरघरमै



भूपराज बस्याल, स्याङ्जा ।

कालीगण्डकी गाउँपालिका दुबई र भारत बाट आएका २८ जना नेपालीलाई होम क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिनुभयो ।

बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कताका लागि बिदेश बाट आएको १४ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने सरकारले गरेको आह्वान स्वरुप उहाँहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष थापाले बताउनुभयो । उहाँहरुको अवस्था सामान्य रहेको हुँदा अहिलेसम्म उहाँहरुलाई होम क्वारेन्टाइनमा राखिएको उहाँको भनाइ थियो । “सुरुका दिनमाहरुमा प्रहरी प्रशासननै लगाउनुप–‍यो अहिले भने गाउँपालिकाको सम्पर्कमा होम क्वारेन्टाइनमा बस्नु भएको छ “ थापाले भन्नुभयो ।

सामान्य रुघाखोकी लागेमा पनि घरघरमै उपचारको ब्यबस्था मिलाएको पालिकाले गाउँपालिकाभरी स्वास्थकर्मी परिचालन गरेको छ । “ यदि बिरामी भेटियो भने बिरामी अन्यत्र जादा सबैमा सर्न सक्ने हुँदा उच्च सतर्कताका लागि स्वास्थकर्मी खटाइएको छ । “ थापाको भनाइ थियो ।

गाउँपालिका अध्यक्ष खिम थापाको अध्यक्षतामा बनेको उच्च सतर्कता समितिले गाउँ पाकिकामा १६ वाडको क्वारेन्टाइन बनाएको भएपनि अहिलेसम्म उक्त क्वारेन्टाइनमा कसैलाई राख्नुपर्ने अवस्था सिर्जना नभएको थापाले बताउनुभयो । पालिकाले यस भाइरसका उच्च जोखिमका बिसयमा माइकिङ समेत गर्दै हिडेको उहाँ जानकारी दिनुभयो ।

सरकारले गरेको लकडाउन कालीगण्डकी गाउँपालिकामा पुर्ण रूपमा कार्यनयन भएको बताउदै अध्यक्ष थापाले बिहिवार देखि भने दैनिकी एक दुई घण्टा गाउँपालिका भित्र खाद्यका गाडी संचालन गर्न अनुमानि दिइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्