संक्रमित युवतीसँगै आएका स्याङ्जाका ६ जना क्वारेन्टाइनमा



भूपराज बस्याल, स्याङ्जा

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवती कोरोना संक्रमित भएको पाइएपछि उनीसँगै आएका स्याङ्जाका छ ब्यक्तिलाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ बताउनुभयो ।

गृहमन्त्रालयले पठाएको पत्रमा ६ जनाको नाम स्याङ्जा भनी उल्लेख गरिएको भएपनी हाल सबै स्याङ्जा जिल्लामा नरहेको प्रजिअ कुरुम्बाङले बताउनुभयो “ जहाँ रहेपनी उहाँहरु हाम्रै सम्पर्कमा हुनुहुन्छ, उहाँहरु सरकारले तोकेकै क्वारेन्टाइनमा हुनुहुन्छ उहाँको भनाइ थियो । “

प्रजिअका अनुसार रुपन्देहीमा एक जना, पोखरामा दुईजना र अन्य स्याङ्जामै सरकारको मातहतमा रहेको क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो । संक्रमितसंगै आएको हुँदा उहाँहरुको रिपोर्ट चेक गर्न पठाइएको भएपनि हालसम्म रिपोर्ट नआएको र रिपोर्ट नआउँदासम्म उच्च सतर्कताका साथ उहाँहरुलाई राखिने कुरुम्बाङ जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्