सांसद त्रिपाठीद्वारा कोरोना कोषमा एक महिनाको तलब सहयोग घोषणा



न्युज अफ नेपाल, धादिङ ।

प्रतिनिधिसभाका सदस्य भुमिप्रसाद त्रिपाठीले नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार तथा राहत कोषमा आफ्नो सांसद वापतको एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

कोभिड १९ कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले बनाएको कोरोना कोषमा रकम जम्मा गर्ने घोषणा गर्नुभएको हो ।

कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन थालेको अवस्थामा सबै तवरले तयारी रहनु आवश्यक रहेको औंल्याउँदै त्रिपाठीले कोरोना भाइरसको संक्रमणबाट आतंकित नभई सावधानी अपनाउन धादिङका जनतालाई आग्रह समेत गर्नुभएको छ ।

उहाँले तीनै तहका सरकारले व्यवस्थित र प्रभावकारी काम गरिरहेकाले आतंकित नभई सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्