कोरोना भाइरसविरुद्धको अभियानमा विशाल ग्रुपको एक करोड रुपैयाँ सहयोग घोषणा



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमले भयावह रुप लिइरहँदा विशाल ग्रुपअन्तर्गतको भीजी फाउन्डेसनले सरकारी अभियानलाई मद्दत गर्न र आवश्यक उपकरण तथा सावधानीका सामग्री उपलब्ध गराउन एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

भीजी फाउन्डेसनले हाल एन ९५ मास्क, स्यानिटाइजर, संक्रमितको उपचारका क्रममा प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), इन्फ्रारेड थर्मोमिटर र अन्य स्वास्थ्य सामग्री आपुर्ति गरेर नेपालका विभिन्न स्वास्थ् केन्द्रहरुमा उपलब्ध गराउन अन्तर्राष्ट्रिय आपुर्तिकर्ताहरुसँग सहकार्य गरिरहेको छ ।

‘यो संकटविरुद्ध लागि रहेका स्वास्थ्यकर्मी र यसको प्रभाव भोगिरहेकालाई सहयोग गर्न प्रतिबद्ध सबै सहकर्मीहरुप्रति विशाल ग्रुप धेरै गर्व गर्छ, आशा छ हाम्रो यो सहयोगले स्वास्थ्यकर्मी र सर्वसाधारणलाई केही राहत दिनेछ ।’ कोरोना भाइरसकको त्रास सुरु भएपछि भीजी फाउन्डेसनले विर अस्पताल, थापाथली अस्पताल (प्रसुती गृह) र कान्ति बाल अस्पतालमा ह्यान्ड स्यानिटाइजर र सर्जिकल मास्कहर वितरण गरेको थियो ।

यस्तै, फ्रन्ट लाइनमा रहेर सर्वसाधारणको सुस्वास्थ्यका लागि लागिपरेका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विशाल ग्रुपले आभार प्रकट गरेको छ ।

कोरोनाको संक्रमण फैलन नदिन नेपाल सरकारले चालेका कदमहरुको समर्थन गर्ने भिजी ग्रुपले जनाएको छ । सरकारले गरेको लकडाउन सर्वसाधारण जनताको हितमा रहेको बताउदै यसको पालना गर्न आग्रह गरिएको छ ।

यस्तै, भीजी फाउन्डेसन मुलुकलाई सहयोग गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

Press-Release

प्रतिक्रिया दिनुहोस्