कोरोनाको आशंकामा पाल्पाका ३७ जना क्वारेन्टाइनमा



कविराज नेपाल, पाल्पा ।

विश्वव्यापी रुपमा आतंकित पारिरेको कोराना भाइरसको आसंकामा पाल्पामा ३७ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन ।

क्वारेन्टाइन सेवा शुरु भएकै दिनमा तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाको क्वारेनटाइनमा ३७ जना व्यक्ति स्वेच्छाले क्वारेन्टाइनमा बसेका हुन । तानसेन नगरपालिकाको वडा नंं ६ बर्तुङ्गको जनप्रिय माध्यमिक विद्यालयलमा सञ्चालन भएको ५० जना क्षमता रहेको वेडमा २६ जना व्यक्ति क्वारेन्टाइनमा बसेका छन । जसमा पुर्वखोला गाउँपालिकाका २२ जना रहेका छन् भने बाग्लुङ्ग जिल्लाका ४ जना रहेका छन् । यसै गरी बगनासकालीको ग्राम्य माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ११ जना व्यक्ति वसेका छन ।

जसमा रामपुर नगरपालिकाका ९ जना र २ जना रिव्दीकोट गाउँपालिकाका व्यक्ति रहेका छन् । क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरु भारतको विभिन्न प्रान्तबाट असुरक्षित रुपमा नेपाल आएका हुन । भारतको विभिन्न नाकाबाट बुधवार राती पाल्पा आइपुगेका ति व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको, उनीहरुको मेडिकल चेकजाँच भईरहेको तानसेन नगरपालिकाका नगरप्रमुख अशोक कुमार शाहीले बताउनु भयो । शंकास्पद व्यक्तिहरुलाई तानसेनको क्वारेन्टाइनमा राख्ने अन्य व्यक्तिहरुलाई सम्वधित गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने गरी काम भईरहेको नगर प्रमुख शाहीले जानकारी दिनुभयो ।

२ सय ६५ बेडको क्वारेन्टाइन : 

पाल्पामा २ सय ६५ बेडको क्वारेन्टाइन तयार गरिएको छ । सवै गाउपालिका र नगरपालिकाहरु गरी १० वटै स्थानीय तहले आवश्यकता अनुसार यस्तो व्यवस्था गरेका छन । पाल्पाका सबै पालिकाहरुले भारत तथा अन्य देशबाट आएका व्यक्तिहरुको डाटा संकलनको काम गर्दै आएका छन् । रिव्दीकोट गाउँपालिका भित्र एकहप्ताको अवधीमा भारतबाट मात्र १ सय २५ जना र अन्य मुलुकबाट २० जना नागरिक आएका छन् ।

यसैगरी रेैनादेवी छहरा गाउँपालिका भित्र एकहप्ताको अवधीमा भारतबाट मात्रसय २ सय ७५ जना, मलेसियाबाट २ कतारबाट ५, कुवेत, दुवइ र मलेसियाबाट २/२ जना जापान र क्यानडाबाट १/१ जना नागरिक आएको र तिनीहरुको वारेमा पहिचान गरी आवश्यकता अनुसार क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको गाउपालिकाका अध्यक्ष रामवहादुर कार्कीले वताउनु भयो ।

यसैवीच जिल्लामा खाद्यान्न र आवश्यक सामाग्रीको अभाव हुन नदिन जिल्लामा अनुगमन समिति गठन गरी यहाका पसलहरुको अनुगमन गर्ने र आवश्यकता अनुसार यसको आपुर्तिको व्यवस्था मिलाइएको छ भने केही मनकारी व्यक्तिहरुले जिल्लामा दैनिक ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने र क्वारेन्टाइनमा वस्नेका लागि दाल चामल लगायत आवश्यकीय वस्तुको आपुर्ति गर्ने घोषणा पनि गरेका छन ।

लक डाउनलाई पूर्ण रुपमा पालना गराउन र घरवाट सकेसम्म वाहिर ननिस्कने वातावरण मिलाउने र आवश्यता अनुसार पासको व्यवस्था गरी सवारी साधनको पनि प्रयोग गरिएको प्रम्ुख जिल्ला अधिकारी यादव सुवेदीले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्