सालकमा भेटियाे कोभिड १९ सँग मिल्दो भाइरस



काठमाडाैं ।

चीनमा तस्कर भएका सालकमा हाल विश्वभर प्रकोपको रुपमा फैलिरहेको कोरोना भाइरस ‘कोभिड १९’ सँग मिल्दो भाइरस भेटिएको छ। यसअघि चमेराले कोभिड १९ मानिसमा सारेको वैज्ञानिकहरुले बताइरहेका थिए।

नेचर जर्नलमा प्रकाशित अनुसन्धानका अनुसार कोभिड १९ सँग मिल्दो भाइरस सालकको शरीरमा देखिएको छ। यससँगै सालकले कोरोना भाइरस मानिसमा सारेको हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्। सालक सबैभन्दा बढी तस्कर हुने जनावर हो।

सालकलाई मानिसहरु परम्परागत औषधिको रुपमा प्रयोग गर्दछन्। सालकमा कोभिड–१९ सँग मिल्दो भाइरस देखिएसँगै विज्ञहरुले विश्वभर सालकको तस्करी रोक्न आग्रह गरेका छन्। सालक धेरै तस्कर हुने भएकाले यो लोप हुने खतरामा पनि छ। -बीबीसी

प्रतिक्रिया दिनुहोस्