झापामा २ सय ५४ जना क्वारेनटाइनमा



न्युज अफ नेपाल, भद्रपुर ।

झापामा २ सय ५४ जना क्वारेनटाइनमा रहेका छन् भने एक व्यक्ति आइसोलेसनमा छन् । यी मध्ये २ सय होम क्वारेनटाइनमा रहेका छन् भने अन्य ७ वटा पालिकाको क्वारेनटाइनमा रहेको स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाइले जानकारी दिनुभयो ।

 

चौलागाइले दिएको जानकारी अनुसार मेचिनगरपालिकामा २७,झापा गाउँपालिका र कनकाइ नगरपालिकामा ८/८ जना, विर्तामोड र गौरादह नगरपालिकामा एक/एक जना रहेका छन् ।

 

त्यसैगरी अर्जुनधारा नगरपालिकामा ५ र कचनकवल गाउँपालिकामा ४ जना रहेको उहाँले जानकारी दिनुभयो । हालसम्म भद्रपुर स्थित मेचीअञ्चल अस्पतालमा एक जना आइसोलेसनमा रहेको उहाँले बताउँनुभयो । उनको स्वाव परिक्षणका लागि एम्बुलेन्स मार्फत रगत हिजो( वुधबार) काठमाडौ पठाइसकिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्