कोरोना कहर : स्पेनको आश्रममा शवसँग रात बिताउँदै वृद्धवृद्धा



दिपेन्द्र गजुरेल, स्पेन ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्पेनका वुद्धवृद्धाहरूले आश्रममा शवसँगै रात बिताउने गरेका छन् ।

कोरोना भाइरसको महामारीले विशेषगरी वृद्धाआश्रममा ठूलो संख्यामा मानविय क्षति पुर्याएको छ । यहि मार्च १६ सोमबार म्याड्रिडको एक ‘मोन्ते एर्मोसो’ नाम गरेको वृद्धाआश्रममा एकै दिन २० जनाको मृत्यु भएको थियो भने ७५ जना संक्रमित भएको अनुमान गरिएको थियो।

स्पेनभर सबैजसो शहरहरुका वृद्धाआश्रमहरुमै बढी मृतकको संख्या बढेको देखिएको छ। तथ्यांक अनुसार मृतकहरु मध्य ८७ दशमलव ५० प्रतिशत ७० बर्ष भन्दा बढी उमेरका र दिर्घरोगी भएको बताइएको छ तर सबै बृद्ध र दिर्घरोगी मात्रै पनि हुदैनन भन्ने कुरा पनि ३७ देखि ३९ वर्षिय स्पेनी सुरक्षाकर्मीहरुको समेत मृत्युले प्रमाणित गरेको छ। करिब २ हजार जना स्वास्थ्यकर्मीहरु समेत संक्रमित भएको कुरा पनि पुष्टि भएको छ।

९ फेब्रुअरीमा एक जनालाइ मायोर्कामा पहिलो ब्यक्तिलाई कोरोन भाइरस पोजिटिभ भेटेपछि २४ फेब्रुअरीमा कानारिया टापुको तेनेरिफेमा दोस्रो संक्रमित ब्यक्तिलाई फेला पारेको थियो भने स्पेनकै भ्यालेन्सिया शहरमा १३ फेब्रुअरीमा नेपाल भ्रमण गरेर फर्किएका स्पेनी नागरिकको ३ मार्चमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गर्दै खबर सार्वजनिक भएको थियो ।

भ्यालेन्सियामा मृत्यु भएका भनिएका ब्यक्ति स्पेनस्थित नेपाली राजदुताबासबाट भिषा नलिई विभिन्न मुलुक हुदै नेपाल घुम्न गएको बताइएको भएता पनि उनि नेपालमा कति दिन बसेका थिए कुन होटलमा बसेका थिए कहा कहा गएका थिए त्यसको कुनै जानकारी नै नभएको दुताबासले जनाएको छ ।

नेपालमा कोरोना भाईरस रोक्नका लागि दुताबासले मृतकको बारेमा स्पेनको मन्त्रालयमहरूमा पत्रचार गरेको भएपनि गोपनिया भङ्ग गर्न नमिल्ने भएकाले दुताबासलाई अविश्स गरेर जानकारी नदिएको हुन सक्ने श्रोतले बतायो ।

कोरोना भाइरसको संक्रमण बिस्तारै फैलिदै गएपछि मृतकको संख्या बढ्दै गएको छ । स्पेन सरकारले १५ मार्चबाट १५ दिनको लागि संकटकालको घोषणा गर्दै स्पेनभर भएका सम्पुर्ण नीजि हस्पिटरहरू संकटकाल समय अवधिभर सरकारले आफ्नो मातहतमा प्रयोग गर्ने र स्वास्थ्य क्षेत्रमा सबै प्रान्तहरूलाई केन्द्रले नियन्त्रण गर्ने गरी संक्रमित रोक्ने प्रयास समेत गरेको थियो ।

दोस्रो दिन संक्रमितको संख्या ह्वातै ९१९२ पुग्यो भने ३०९ जनाले ज्यान गुमाएका थिए। स्पेनमा सबै शहरहरुको तुलनामा राजधानी म्याड्रिडमा सबैभन्दा बढी संक्रमित र मृत्युदर उच्च रहेको छ। संक्रमित र मृत्युदर दिनानुदिन बढ्दै गएपछि सरकारले पुन थप २२ मार्चको दिन संकट्काल लम्बायाउदै १५ दिनको लागि बढाउने फैसला समेत गरेको छ भने यो अवधि अप्रिल ११ गते सम्म रहने प्रधानमन्त्री पेद्रो सान्चेसले एक टेलिभिजन कार्यक्रममा बताएका छन् ।

यो अवधिमा जो कोहि जनता अत्यावश्यक सामानहरु किनमेल र अनुमति भएका कामदारहरु बाहेक पुर्णरुपमा घरभित्र बस्नु पर्ने र यदि कोहि ब्यक्ति आफ्नो काममा जानु पर्ने छ भने पनि आफ्नो काम गर्ने कम्पनीबाट प्रमाणपत्र लिएर मात्रै हिड्नुपर्ने छ भने यो नियमलाई अवज्ञा गरेकोमा ४ महिनाको जेल सजाय समेत सुनाइसकेको छ । यस्तै नियम विपरी गतिविधि गर्नेलाई ६ सय युरो सम्मको जरिवाना पनि हुन सक्ने बताईएको छ ।

यता संक्रमितहरूको उपचारमा खटिने स्पेन स्वास्थ्यकर्मी बढि मात्रामा संक्रमित हुने देशमा पहिलो नम्बरमा परेको छ जहाँ १३दशमलव५ प्रतिशत स्वास्थ्यकमी र्संक्रमित समेत भएका छन । कोरोना भाइरसको सुरू भएको चीनमा जम्मा ४ प्रतिशत स्वास्थ्यकर्मिहरु संक्रमित भएक थिए भने इटलिमा ९खदमलव ५ प्रतिशत छन। स्पेनमा स्वास्थ्य सामग्रीको अभाबले गर्दा सबै भन्दा बढी स्वास्थ्यकर्मीहरु संक्रमित भएको कुरा वास्थ्यविज्ञहरू बताइरहेका छन्।

उता च्रीनमा मृतकको संख्या ३४०४ जना थियो भने स्पेनमा मंगलबार र बुधबार २४ घण्टामा ७३८ जनाले ज्यान गुमाए संगै आज सम्म ३ हजार ६ सय ४७ जनाले ज्यान गुमाई सकेका छन् ।

अहिले सम्म जम्मा संक्रमितको संख्या ४९ हजार ५सय १५ जना छन् । उपचारपछि निको भई संक्रमितहरू ५ हजार ३ सय ६७ जना घर फर्किएको जनाइएको छ ।

मृत्यु संग ३१ सय ६६ जनाले संघर्ष गरि रहेका छन् । स्पेनका रक्षामन्त्री मार्गरिता रोब्लेले बृद्धाश्रमहरूमा बूढाबूढीले कोरोना भाइरसको संक्रमणमा उपचार नपाएर सामुहिक रूपमा ज्यान गुमाएको डरलाग्दो खुलासा गरेपछि आश्रमहरूमे सुरक्षाफौजले ब्यापक छापा मारेर सर्च अभियान चलाएको बताइएको छ । स्पेनमा नेपालीहरू सुरक्षित छन । नेपाली राजदुत दावाफुटी शेर्पा स्पेनमा फैलिएको कोरोना भाइरसबाट अहिले सम्म कोहि पनि संक्रमित नभएको बताउछिन् ।

राजदुत शेर्पा  स्पेनमा भएका सबैलाई सुरक्षित घरमै बस्न र संक्रमित भए नियोगमा खबर गर्न सुचना प्रवाह भैईरहेको दावि गर्छिन् ।
स्पेनमै लामो समय सामाजिक सेवामा लाग्दै आएका एनआरएनए ग्रान क्यानरियाका निवर्तमान अध्यक्ष गगन कुवँर भने कुनैपनि नेपालीहरूलाई हस्पिटल वा अन्य अत्यावश्यक काममा भाषा तथा अन्य केहि आपत परेमा प्रवासमा हामीले हात्तेमालो गरूनुपर्ने त्यस्तो खबरहरू आएमा आफुले भ्याए सम्भव भएका सहयोग गर्ने प्रतिबद्वाता ब्यक्त गरेका छन ।

यस्तै एनआरएनए पुर्व युरोप उपसंयोजक तथा लुम्बिनि फाउण्डेशनका महासचिव एवम् स्पेन पर्यटन प्रतिनिधि एकराज गिरीले नेपाली समुदायहरूलाई घरमै बसेर स्पेन सरकारलाई सहयोग गरि आफ्नो स्वाथ्यको ख्याल गर्न अनुरोध गरेका छन् । गिरीले भने स्पेनस्थित रहेको नेपालीहरूको अभिभावक राजदुताबासले अन्य राष्ट्रका नियोगले जस्तै नेपाली समाजहरू संग समन्वयन गरेर राजदुतबाट सक्रिया देखाउनु पर्ने समय आएको बताए ।

यस्तै क्षत्री समाज स्पेनका संयोजक सोनु राउतले भने कुनैपनि नेपालीहरूले आपत विपतमा हो प्रवासमा सहरा खोज्ने हो त्यसका लागि आफुले संस्थागत रूपमा अभियान चलाएको दावी गरे। स्पेनमा रहेका डेढ दर्जन सामाजि संघ संस्थाहरूले विस्तारै विज्ञप्ति निकाल्दै सान्तवना दिन थालेका छन ।

प्रतिक्रिया दिनुहोस्