लागु औषधसहित एक पक्राउ



घनश्याम बगाले, नवलपरासी ।

कोरोनका कारण देश लकडाउनमा रहेका बेला पश्चिम नवलपरासीमा बुधबार सांझ लागु औषध सहित एक ब्यक्ति पक्राउ परेकाछन् ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बर्दघाट नगरपालिका १३ भटौलियाका ५९ वर्षीय सुरेश चमार रहेकाछन् ।

सरवल गाउपालिकको भित्री सडकमा प्रहरीले चेकजांचको क्रममा युपी १६ एच ७५७१ नम्वर मोटरसाईकलमा सवार चमारको साथबाट स्पास्मो ५ सय ७६ थान ट्यावलेट , नाईट्राभेट टेन ६ सय ट्यावलेट र ओनरेक्स सय एमएल ७० बोतल बरामद गरेको हो ।

प्रहरीले चमार सहित मोटरसाईकल नियन्त्रणमा लिई आवस्यक अनुसन्धान अगाडी बढाएको जिप्रका पश्चिम नवलपरासीका सूचना अधिकारी प्रनाउ बीरेन्द्र थापाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्