बजारमा ग्यासको अभाव भएपछि आधा भरेर बेच्ने निगमको तयारी



पुष्कर बुढाथोकी, भक्तपुर ।

कोरोना संक्रमणका कारण वजारमा ग्यासको अभाव भएपछि नेपाल आयल निगमले आधा ग्यास भरेर बेच्ने तयारी गरेको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले वजारमा ग्यासको अभाव हटाउन भारतबाट पहिलेको तुलनामा धेरै ग्यास बुलेट आयात गर्दापनि अभाव हट्न नसकेपनि आधा ग्यास भरेर बिक्री गर्ने तयारी अघि बढाउन लागिएको बताउनु भयो ।

निगमका अनुसार, आधा भरिएको ग्यासको मूल्य उपभोक्ताले ६ सय ८७ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । निगम स्रोतका अनुसार, नाकाबन्दीका समयमा पनि निगमले आधा ग्यास भरेर आपूर्ति व्यवस्था सहज बनाउने प्रयास गरेको थियो ।सो नियम लागू भए ग्यास उद्योगले १४.२ किलोग्रामको सिलिण्डरमा ७.१ किलो ग्यास भर्नुपर्नेछ ।

आधा सिलिण्डर भरेर पठाउँदा अहिले आयात भइरहेको ग्यासबाटै दोब्बर बढी सिलिण्डरमा भर्न सकिने भएकाले अभाव टर्ने विश्वास निगमले लिएको छ । कोरना संक्रमणसंगै उपभोक्ताले अतिरीक्त ग्याँस जम्मा गर्न थालेपछि व्यवस्थापन गर्न असहज भएको निगमले जनाएको छ ।

कोरोना संक्रमण र मुलुक लक डाउँनमा गएपनि भारतबाट सहज रुपमा ग्यास आयात भइरहेको थियो । यसै अवधिमा नेपालले एक साताका लागि लकडाउँन र छिमेकी मुलुक भारतले तीन साताका लागि लकडाउँन गरेपछि राधानी लगायतका स्थानका कतिपय एउटै परिवारले १० वटासम्म सिलिण्डर भरेर राखिका कारण वजारमा ग्यासको अभाव भएको ब्यकसायीको भनाई छ ।

ग्यास थुपार्ने होड चलेपछि ग्यास सर्वसुलभ रुपमा उपलव्ध हुन नसकेको हो । निगमको पछिल्लो तथ्याँक अनुसार, मंगलबार र बुधबार मात्रै ४४ सय टन ग्यास नेपाल भित्रिएको छ । यो एकै दिनमा आएको सबैभन्दा धेरै ग्यास हो । ग्यासको समानुपातिक वितरणका लागि आधा सिलिण्डर ग्यास बेच्नुपर्ने बाध्यता आएको बताउँदै निगमका कार्यकारी निर्देशक पौडेल वजारमा ग्यास सहज हुने बित्तिकै पुरानै अवस्थामा पुरा ग्यास बिक्री बितरण गरिने बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्