हेर्नुहोस् कुन देशमा कति कोरोना भाइरस संक्रमित र मृत्यु ? 



काठमाडौँ ।

 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका १९८ देशमा फैलिएको छ। कोरोना भाइरसबाट अहिलेसम्म २१ हजार २०० जनाको ज्यान गएको छ भने ४ लाख ६८ हजार ९०५ जना संक्रमित भएका छन्।  अहिलेसम्म कोरोना भाइरसका १ लाख १४ हजार २१८ जना विरामी उपचारपछि घर फर्किएका छन्। पछिल्लो समय इटली र स्पेनमा कोरोना भाइरसको भयावह स्थिती देखिएको छ।

 

पछिल्लो २४ घण्टामा इटलीमा ६ सय ८३ जनाको ज्यान गएको छ भने ५ हजार २ सय १० जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै इटलीमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने ७४ हजार ३ सय ८६ जनामा संक्रमणको पुष्टी भएको छ।

 

त्यस्तै स्पेनमा पनि पछिल्लो २४ घण्टामा ६ सय ५६ जनाको ज्यान गएको छ भने ७ हजार ४ सय ५७ जना नयाँ संक्रमित फेला परेका छन्। यो सँगै स्पेनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ भने ४९ हजार ५ सय १५ जना संक्रमित भएका छन्।

हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु ?

https://coronanepal.live/

https://www.worldometers.info/report_us/

 

प्रतिक्रिया दिनुहोस्