अमेरिकामा कोरोना भाइरसबाट १ हजार २७ जनाको मृत्यु



एजेन्सी ।

अमेरिकामा गत जनवरीको तेस्रो साताबाट देखिएको कोरोना भाइरसबाट हालसम्म १ हजार २७ जनाको मृत्यु भइसकेको छ।

बुधबारमात्रै २ सय २५ जनाको मृत्यु भएको हो भने बिहीबार २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको हो।

आइतबार बिहानसम्म चारदिनमा अमेरिकामा मृतकको संख्या ३२६ जना मात्रै थियो ।

त्यस्तै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६८ हजार ५ सय ७२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्