महँगो मूल्यमा आलु र प्याज बिक्री गर्ने तीन पक्राउ



न्युज अफ नेपाल, जनकपुर ।

 

५० रुपैयाँ प्रतिकिलो आलु र सय रुपैयाँ प्रतिकिलो प्याज बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । अभाव देखाएर महँगो मूल्यमा खाद्यान्न बिक्री गर्ने व्यवसायीहरुलाई प्रहरीले पक्राउ अभियान थालेको हो ।

 

जनकपुर–४ बस्ने ४८ वर्षीय प्रदिप अग्रवाल, २० वर्षीय अंकित साह र विकास साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामेश्वर खनालले बताए। उनीहरुलाई बुधबारै जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्