पर्वतको कुस्मामा २० शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा



न्युज अफ नेपाल, पर्वत । 

कोरोना(केभिड १९)को उपचारका लागि पर्वतको कुस्मामा २० शैयाको कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ ।

कुश्मा नगरपालिका, पर्वत अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सवै पालिकाहरुको सहयोगमा गुप्तेश्वर क्याम्पसमा कुश्मामा तयार गरिएको अस्पताल बुधबार देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।

शुरुमा १५ शैयाको तयारी गरेपनि २० शैयाको अस्पताल तयार भएपछि कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटालाई साँचो हस्तान्तरण गर्नुभयो । नगरपालिकाले अस्पताललाई साँचो बुझाएपछि बुधबार देखि नै अस्पताल सञ्चालनमा आएको डा. देबकोटाले जानकारी दिनुभयो ।

पर्वतमा कोरोनाको आशंका गरिएका विरामी आएमा उनीहरुको उपचार सोही अस्पतालबाट हुनेछ । अस्पतालमा भेन्टिलेटर सहितको सेवा प्रदान गर्ने तयारी गरिएको छ । बजारमा भेन्टिलेटरको अभाब भएका कारण राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाकोे पहलमा यसको ब्यबस्थापन भएको छ । लक डाउनका कारण भेन्टिलेटर आउन नसकेपछि अन्य सेवा भने सुचारु भएका छन ।

बुधबार देखि नै ३ सिफ्टमा खट्ने गरि डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सहयोगीहरुको ब्यबस्थापन गरिएको छ। प्रत्येक सिफ्टमा दुई जना डाक्टर, एक जना स्टाफ नर्स, एक जना अहेब, दुई जना सुरक्षाकर्मी र २ जना सहयोी खटिएका छन । उनीहरु ब्यक्तिगत सुरक्षाका सामाग्री सहित उपचारका लागि खटिएको डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्