झापा प्रहरीले लकडाउन अवज्ञा गर्ने १०६ वटा सवारी साधन नछाड्ने



न्युज अफ नेपाल, भद्रपुर ।

झापामा १०६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले लागू गरेको लक डाउनलाई अवज्ञा गरेको भन्दै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सडकमा खटिएका प्रहरीले सवारी साधन नियन्त्रणमा लिइएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताउँनुभयो । प्रहरीले ८८ वटा मोटरसाइकल, १२ वटा स्कुटी अटो रिक्सा ४ र ट्रक २ वटा नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले जनाउँनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनलाइ हाल नछाडने आदेश भएकोले पछि कानुन अनुसार हुने उहाँको भनाइ छ ।

यता लक डाउनको अवज्ञा गर्ने ३ जनालाइ झापाको कुमरखोदबाट नियन्त्रणमा लिइएको उनले बताए । केहीबेरपछि सम्झाएर घर पठाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्