कोरोना नलागोस् भन्दै देवतालाई बोकाको बली



अर्जुन बोहरा, हुम्ला ।

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) हुम्लामा पनि नफैलियोस् भनि देवता लाई बोकाको बली दिएको छन ।

सिमकोट गाउँपालिका वडा ८ खोल्सिगाउँका स्थानीय बासिन्दाले देवता लाई पुजाआजा गरी बली दिएको खबर दन्त सिंहले जानकारी दिए । खोल्सि गाउँका ८५ घरधुरीले आज बुधबार बोकाको बलि दिएर हुम्ली कसैलाई पनि कोरोना नलागोस् र हुम्लामा कोरोना नभित्रीयोस भनि पुजाआजा गरेको स्थानीय सिंहले जानकारी दिए । खोल्सि गाउँका सबै घरधुरी मिलेर पैशा जम्मा गरी गाउँमै रहेको कालिका देवीलाई हुम्लामा कोरोना नभित्रीयोस् भनेर बोकाको बली दिएको छ ।

यहाँका स्थानीयले आजै विभिन्न रंगका धजा सहित माटोको मान्छे बनाएर गाउँभन्दा टाढको दोबाटोमा फ्याकिएको सिंहले बताए । यस्तो गर्नाले गाउँमा नयाँ रोगव्याधी नआउने विश्वास रहँदै आएको छ । केही अगाडी सदरमुकाम सिमकोटमा रहेका वडा ५ र ६ का स्थानीयले पनि गाउँमा रोग नभित्रीयोस भन्दै खसिको बलि दिएका थिए । खसिको बलि दिएमा रोगव्यथा नलाग्ने हुम्लीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्