धादिङका २५ जना क्वारेनटाइनमा



सीताराम अधिकारी, धादिङ ।

रोजगारीको क्रममा भारतबाट आएका धादिङको गोगनपानीका १६ युवाहरुलाई गल्छि गाउँपालिका वडा नम्बर ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको छ । १६ जना युवा मध्ये एक जनालाई ज्वरो आएपछि सबै जनालाई क्वारेन्टाईनमा राखिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद ज्ञवालीले नागरिकपाटीलाई बताउनुभयो । उनिहरुलाई १४ दिन सम्म क्वारेन्टाईनमा राखेर स्वास्थ्य परिक्षण गरिने छ ।

क्वारेन्टाईनमा राखिएका युवाहरुलाई खानाको व्यवस्था गाउँपालिकाले गर्ने गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठले बताउनुभयो । यस अघि सम्भावित जोखिमलाई मुल्याङ्कन गरि बागेश्वरी माध्यमिक विद्यालयमा २५ शैयाको क्वारेन्टाईन कक्ष निर्माण गरिएको थियो । उनिहरुलाई सोही कक्षमा राखिएको जनाईएको छ ।

यसैगरी गल्छी गाउँपालिका वडा नम्बर १ मा ९ जनालाई आफ्नैघरमा निगरानीमा(होम क्वारेनटाइन) मा राखिएको छ। उनिहरुलाई परिवारको सम्पर्कमा नरही घरमा तरछुट्टै बस्नका लागि छाडिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीनाले जानाकारी दिनुभएको छ ।

भारतमामजदुरी गर्न गएकाहरु घरफर्किएपछि उनिहरुलाई होम क्वारेनटाइनमा राखिएको हो। उनिहरुसबैको अवस्था सामान्य छ ।

कोरोना भाइरस (कोभिड १९) संसर्ग भएका व्यक्तिहरु राख्नका लागि प्रदेश सरकारको सहयोगमा ८० जनाका लागि धादिङबेसीमा क्वारेनटाइननिर्माण गरिएको छ ।

कोरोना भइरस (कोभिड १९) सचेतिकरण जिल्ला स्तरीय बैठकको निर्णय अनुसार जिल्ला सदरमुकाम धादिङबेसीको खुलामञ्चमा क्वारेनटाइन निर्माण गरिएको हो ।

नेपाली सेनाको टोलीले ४० त्रिपालको टहरा निर्माण गरेको छ । नेपाली सेना र नेपाल प्रहरीले निगरानी गर्न मिल्ने स्थानमा क्वारेनटाइन बनाइएकोले जनताकोसुरक्षाका लागि काम गरिरहेको प्रमुखजिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।

यसअघि जिल्ला सदरमुकाम धादिङबेसी स्थित जिल्ला बन कार्यालयको भवनमा ३५ जनाका लागि क्वारेनटाइन निर्माण गरि ९ जनालाई क्वारेनटाइनमा राखिएको छ।

यसैगरि थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, बेनिघाटरोराङ गाउँपालिका, गंगाजमुना गाउँपालिका र सिद्धलेक गाउँपालिकाले विभिन्न स्थानमा क्वारेनटाइन निर्माण गरेको जनाएको छ।

धादिङबेसीको धादिङ अस्पतालमा ४ बेड, प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा २ बेड र प्राथमिक स्वास्थ्य केन्द्रमा ६ बेडको आइसोलेशन कक्ष निर्माण गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्