टोकियो ओलम्पिक २०२० एक वर्ष पछाडी सारिने



राजबिन थापा, जापान ।
कोरोना भाइरस महामारीका कारण अन्यौलमा पर्दै आएको ओलम्पिक खेल अन्तत यो बर्ष नहुने भएको छ | जापानी प्रधानमन्त्री शिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस ब्यचबिच मंगलबार सार्ने सहमति भएको हो |
पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री आबेले यो बर्षको जुलाई २४ बाट टोकियोमा हुने ओलम्पिक तथा प्यारा ओलम्पिक कोरोनक कारण एक बर्ष सरेर अर्को बर्षको गृष्ममा गर्ने सहमति भएको जानकारी दिनुभयो |
सो अबसरमा खेलको मिति परिबर्तन गरिएता पनि ओलम्पिकको नाम भने टोकियो ओलम्पिक २०२० नै रहने टोकियो गभर्नर केइकेले जानकारी दिनुभयो चार बर्षको एक पटक यो खेलको एक सय चौबिस बर्षे इतिहासमा यसरि निर्धारित समय भन्दा पछि धकेलिएको यो पहिलो पटक हो |
कोरोनको कारण देखाउदै क्यानेडियन ओलम्पिक कमिटीले अहिलेकै मितिमा ओलम्पिक भएमा आफ्नो देशले भाग नलिने घोसना गरिसकेको थियो | कोरोना महामारीका कारण विश्वभरिबाट हालसम्म ३ लाख ८० हजार भन्दा बढी संक्रमित भैसकेका छन् भने १६ हजार भन्दा धेरै मानिसको ज्यान गैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्