कश्मीरका पूर्व मुख्यमन्त्री अब्दुल्ला रिहा



श्रीनगर । 

झण्डै आठ महिनाको नजरबन्दपछि कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लालाई मङ्गलबार रिहा गरिएको छ । उहाँलाई २३२ दिनपछि रिहा गरिएको हो ।

भारतको केन्द्र सरकारले जम्मू कश्मीरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरेलगत्तै गत अगस्टमा अब्दुल्लासहितका काश्मिर मुद्दाप्रति असन्तुष्ट सयौँ नेताहरुलाई नजरबन्दमा राखिएको थियो ।

सार्वजनिक सुरक्षा ऐन ९पीएसए० अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लामाथि गत फेबु्रअरी ५ तारिखमा लगाइएको आरोप आधिकारिक रूपमा खारेज गरिएपछि उहाँलाई रिहा गरिएको हो ।

भारत सरकारले काश्मिरलाई दिइँदै आएको विशेष व्यवस्थालाई गत वर्षको अगस्ट ५ खारेज गर्दै केन्द्र सरकारको मातहतमा ल्याउने निर्णयसँगै स्थानीय नेताहरूलाई पक्राउ गरिएको थियो । यस निर्णयलाई भारतीय संसदले तत्कालै पारित गरीसकेको छ ।

रिहाइपछि प्रतिक्रिया दिँदै कोरोना भाइरसको विश्वव्यापी प्रकोपबीच नागरिकहरूलाई ‘सरकारले दिएको सल्लाह अनुसार सामाजिक दूरी’ कायम गर्न अब्दुल्लाले आग्रह गर्नुभयो ।

नेताहरूलाई नजरबन्द गरिएकोबारे उहाँले भन्नुभयो, “सबै नेताहरुलाई नजरबन्दबाट मुक्त गरिनुपर्छ र कश्मीरमा थ्री–जी र फोर–जीसहितका सेवाहरु यथाशीघ्र पुनः सञ्चालनमा ल्याउनुपर्छ ।”

उहाँले भन्नुभयो, “हामी जीवन र मृत्युको लडाइँ लडिरहेका छौँ । पक्राउ गरिएका हाम्रा सबै साथीहरूलाई यस समयमा रिहा गरिनु पर्छ । कोरोनाभाइरसविरुद्ध लड्ने सरकारी आदेशको पालना गर्नैपर्छ ।”

प्रतिक्रिया दिनुहोस्