स्वरुप फेर्दै कोरोना भाइरस, दुई प्रकारका भेटिए



भगवती तिमल्सिना । 

यतिबेला विश्वका १ सय ९२ मुलुकलाई नै आक्रान्त पार्दै फैलिएको कोरोना भाइरसको टाईप परिवर्तन भएको छ । सन् २०१९को डिसेम्बर महिनामा चीनमा हुवानबाट शुरु भएको कोरोना भाईरस (कोभिड १९) को रुप शुरुमा देखिएको कोरोना भाइरस भन्दा अहिले रुप परिवर्तन गरेको चीन र बेलायतले गरेको एक अध्ययनले जनाएको छ ।

यहि मार्च ३ मा चीनको माइक्रोबायोलोजी रिसर्चमा सार्वजनिक गरेको अनुसन्धानात्मक लेखमा कोरोना भाइरसको टाईप परिवर्तन भएको कुरा उल्लेख गरिएको छ । उक्त अनुसन्धान रिपोटमा उल्लेख गरिए अनुसार एल र एस टाईपको कोरोना भाइरस देखिएको उल्लेख गरिएको छ । एल टाईपको भाईरस नयाँ स्वरुपको भएको पनि उल्लेख गरिएको छ । रिपोर्टमा भनिएको छ एस टाईपको शुरुमा देखा परेको भाइरस हो र एस भाइरस जनावरबाट शुरु भएको भन्ने प्रमाणित भएको छ । एल टाईपको भाइरसले आफुलाई परिवर्तन गरेर मान्छेलाई संक्रमित गर्न पुगेको छ ।

एल टाईपको भाइरस एस भन्दा अझ आक्रामक टाइपको भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने क्रम तिब्र गतिमा रहेको उल्लेख गरिएको छ । त्यसको रोग फैलाउने अनुवशिक असर भने अझै पहिचान हुन नसकेको रिपोर्टमा उल्लेख गरिएको छ । तर नयाँ व्यक्तिमा प्रवेश गरेपछि यो भाइरसले रुप परिवर्तन गर्नु सामान्य प्रकृया भएको रिपोर्टमा उल्लेख गरिएको छ ।

त्यसैले विश्वमा यो भाइरसका लागि धेरै समूहको खोप बनाउने प्रयास भैरहेको छ । यो खोप बनाउन यस्तो ध्यान देउ जस्ले यी दुबै खालका भाइरसलाई निर्मुल पार्न काम गरोस् । यदि यस्तो भए मात्र कोरोना भाइरस नियन्त्रण गर्ने जोनिसले जोड दिएका छन् । उनका अनुसार यी दुबै भाइरसमा खासै भिन्नता छैन र अनुबंशिक भिन्ताका कारण प्रोटिनको उत्पादन र भाइरसले कसरी काम गर्छ र कसरी एक अर्कामा काम गर्छ भन्नेमा फरक पर्दैन । यी दुबैथरिका भाइरसमा भिन्नता छ त बदलिँदै छ भनेर भन्न मिल्दैन । जोन्सले नयाँ बैज्ञानिकलाई बताएका छन् । उनका अनुसार एउटै मान्छेलाई कोरोना भाइरसले दुईपटक आक्रमण गर्न सक्दैन । उसले आफ्नो बंश परिवर्तन गर्यो र मानिसको इम्युनि सिस्टमलाई झुक्याउन सक्यो भने यो फ्लु जस्तै हुन्छ । फ्लुले पनि बर्षौ पछि आफुलाई परिवर्तन गरेर मान्छेहरुलाई आक्रमण गर्छ ।

बक्स

अमेरिकामा कोरोना भाईरसको संक्रमण भएका स्वास्थ्यकर्मीहरु पनि उपचारमा संलग्न हुन बाध्य यो अनुसन्धान रिपोर्ट विश्वकै लागि उपयोगी हुने कुरा अमेरिकाको न्यूयोर्कमा कार्यरत स्वास्थ्यकर्मीहरुको अभ्यासले सिकाएको न्यूयोर्कको एक अस्पतालमा कार्यरत नर्स कल्पना तिमल्सिनाले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘अमेरिकामा अहिले सम्म कोरोना भाइरसका बिरामीको चाप अत्यन्तै बढेको छ तर पर्याप्त परिक्षण गर्ने उपकरण नहुनु, स्वास्थ्यकर्मीको अभाव, औषधि नबन्नु, सुरक्षा कवज पिपिई उपलब्ध नहुनु जस्ता चुनौतिका कारण संक्रमितको संख्या अस्पतालमा भन्दा घरमै बढ्दैछन् । अस्पतालहरुको क्षमताले सबै बिरामीलाई उपचारको पहुँचमा ल्याउन सक्ने अवस्था नै छैन ।’

अहिले सम्म परिक्षण गर्दा रिपोर्ट आउँनै ४ दिन लाग्छ । नयाँ परिक्षण विधि ४५ मिनेटमा हुने पत्ता लागेपनि अस्पतालको क्षमताले किन्न सक्ने नसक्ने निर्णय गर्न सकेको अवस्था छैन । स्वास्थ्यकर्मीहरु अत्यन्तै त्रसित मुद्रामा काम गर्न बाध्य छन् । आफु आफुमै एकले अर्कालाई सान्त्वना दिनुको विकल्प छैन ।

स्वास्थ्यकर्मीको धर्म भनेकै बिरामीको सेवा गर्ने हो तर आफु कसरी सुरक्षित हुने, बिरामीको हेरचाह कसरी गर्ने र परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले सबैलाई उत्तिकै सताएको छ । एउटा माक्स, पिपीए सम्म नभएको अवस्थामा बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता छ । मास्क बजारमा किन्न समेत पाइन्न, अस्पतालले पनि उपलब्ध गराउन सक्ने अवस्था छैन । आफैले आफ्नो सुरक्षा अपनाउ र काम गर भन्ने निर्देशनको पालना गर्नुको विकल्प छैन । यतिबेला अस्पतालहरु कोरोना संक्रमित बिरामीले भरिएका छन् । अन्य युनिटमा उपचाररत बिरामीहरु आईसीयू, भेन्टिलेटरमा छन् । तीनै डाक्टर, नर्सले दुबै तिर सेवा दिनुपर्ने बाध्यता छ । बिरामीलाई बचाउनका लागि उपचार गर्ने हो तर आफै सुरक्षित महसुस गर्न सकिएको छैन ।

ओपिडि सेवा आकस्मिक बाहेक बन्द छन् । जनशक्ति नपुगेकाले अवकास लिएर बसेका स्वास्थ्यकर्मी, भर्खर अध्ययन गरिरहेका विद्यार्थी लगायतका व्यक्तिहरुलाई सहयोगका लागि अस्पतालले आग्रह गरेको छ । यतिबेला कुनैपनि स्वास्थ्यकर्मीले बिदा बस्न पाउँदैन यति सम्मकी आफै संक्रमित भएर पनि मुखमा माक्स लगाएर बिरामीको सेवा गर भन्छन् । कति कोरोना भाईरसका संक्रमित स्वास्थ्यकर्मीहरु पनि आफ्नो उपचार गराएर आराम गर्नुपर्ने बेलामा बिरामीको उपचारमा खट्नुपर्ने बाध्यता न्यूयोर्कमा सृजना भएको कल्पनाले सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘यतिबेला बिरामीको ज्वरो कम गर्ने, खोकी कम गर्ने, प्रोटिनको लेबल मिलाउने औषधि चलाउन एकैपटक स्वास्थ्यकर्मी जान्छौ । पटक पटक कोरोना भाईरस भएको बिरामीकोमा नजान अस्पतालले निर्देशन दिएको छ ।’

कोरोना भाईरस लागेका हरेक व्यक्तिमा सेतो रगतको मात्रा कम हुँदै गएको पाईएको छ । यस्तो अवस्थामा उनीहरुको शरिर रोगसँग लड्न सक्दैन । त्यसैले तन्दुरुस्त राख्नका लागि निकै कठीन हुन्छ । रिपोर्ट आउँन ४ दिन लाग्छ । सर्वसाधारणमा जति त्रास छ हामीमा पनि त्यतिकै छ । क्षमता भन्दा बढी बिरामीको चाप अस्पतालहरुमा छ । स्वास्थ्यकर्मीहरु मनोबैज्ञानिक रुपमै त्रसित छन् ।

स्वास्थ्यकर्मीहरुको मनोबल बढाएर काम गराउने वातावरण बन्ने अवस्था देखिन्न । तर पनि मानविय सेवामा सबै एकजुट भएर लागेकै छौ । औषधि अहिले सम्म बनेको छैन मात्र ज्वरो, खोकी घटाउने र आराम गराउनुको बिकल्प छैन । यस्तो अवस्थामा न बिरामीका आफन्त हुन्छन नत स्वास्थ्यकर्मी नै बारम्बार नजिक पुग्न सकिन्छ । यस्तो अवस्थामा बिरामीको पनि आत्मबल कमजोर हुने र संक्रमणले जित्ने सम्भावना उत्तिकै छ । तर पनि स्वास्थ्यकर्मीको धर्म निर्वाह गरेकै छौं ।

भाइरसको रुप परिवर्तन र छोटो समयमा धेरै मुलुकका मानिसमा फैलिएकै कारण सोमबार बिहान सम्म विश्वका १४ हजार ६ सय ११ जनाको ज्यान लिईसकेको छ । यतिबेला कोरोना उद्गमस्थल चीनमा भने यसको संक्रमणदर सून्यमा झरेको छ भने इटली, इरान, अमेरिका, फ्रान्स, स्पेन लगायतका मुलुकमा महामारीका रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले सोमबार विहान अध्याबधिक गरेको तथ्यांक अनुसार विश्वमा कोरोना भाईरसका कारण ३ लाख ३६ हजार ६ सय ३८ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्