कोरोनाविरुद्ध रसायनकाे पहिचान गर्न सुपर कम्प्युटरको प्रयोग



टेनेस्सी (एजेन्सी)।

कोरोना भाइरस तिब्र गतिमा फैलिरहेकाका कारण वैज्ञानिकहरुको अगाडी अनुसन्धानलाई संक्रमण फैलिरहेको गति भन्दा तिब्र पार्नु पर्ने चुनौती आएको छ।
यसका लागि वैज्ञानिकहरुले विश्वकै सबैभन्दा शक्तिशाली अर्थात तिब्र गतिको सुपर कम्प्युटर समिटको मद्दत लिएका छन्। यसले ७७ औषधिका रसायन पहिचान गरेको छ, जसले कोरोना भाइरस संक्रमण रोक्नमा सक्षम छ। यसले खोप विकासमा पनि मद्दत मिल्न सक्ने बताइएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुपर कम्प्युटरले ७७ केमिकलको पहिचान गरेको छ। यसले कोरोनाभाइरसलाई शरीरको अन्य कोषहरुमा फैलिन राक्छ। ओक रिज नेसनल लेबोरोटरीमा प्रकाशित जनरलमा यसल तत्काल राहत दिने औषधी बनाउन मद्दत मिल्नेछ। कोरोनाभाइरस शुक्रबार सम्ममा १सय ८२ देशमा फैििलसकेको छ। यसले अहिले सम्म ११ हजार भन्दा धेरैको ज्यान लिइसकेको छ। २ लाख ४४ हजार ९ सय ७९ जना संक्रमित भइसकेका छन्। अहिलेसम्म ८७ हजार ४ सय ८ जना विरामी ठीक पनि भइसकेका छन्।

टेनिसी स्थित ओक नेसनल ल्याबरोटरीका अनुसार भाइरसले बाहिरी कोषलाई प्रभावित गर्छ। समिटको काम त्यसता कोशिकाहरुको पहिचान गर्नु र त्यसपति औषधीबाट भाइरस फैलिनबाट रोक्नु हो। ओक रिज अनुसन्धानकर्ता मिकोलस स्मिथले आफुले कोरोनाभाइरसको पहिचान गर्ने मोडल बनाएको बताए।

जनवरीमा तयार यो मोडलले कसरी अणु र अन्य कणले औषधीसँग प्रतिक्रिया गर्छ भन्ने कुरा बताउँछ। सुपर कम्प्युटरले ८ हजार भन्दा धेरै रसायनको पहिचान गरेको छ र ती प्रोटिनले भाइरसलाई रोक्छ। यो संक्रमित कोशिकालाई रोक्न सक्षम छ।
यो सुपर कम्प्युटर २०० पेटाफ्लप गणना गर्न सक्षम छ। यो सबैभन्दा तिब्र तथा शक्तिशाली ल्यापटपभन्दा १० लाख गुणा शक्तिशाली छ।

प्रतिक्रिया दिनुहोस्