बाहुबली सिमेन्टले स्यानिटाइजर र मास्क वितरण



काठमाडौं, (नेस)।

बाहुबली सिमेन्टको उत्पादक बालाजी सिमेन्ट इण्डष्ट्रिज प्रालिले कोरोना भाइरस–कोभिड १९ संक्रमण हुनबाट जोगिन विश्वभर नाक मुखमास्कले ढाक्ने र हातधुने अभियान नै चलाइएको परिप्रेक्ष्यमा कम्पनीले पनि एभरेस्ट प्यारेन्टरल्स् प्रालिको सहकार्यमा उक्त अभियानलाई सहयोग पु¥याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्वको कार्य गरेको छ।

कम्पनीले आमनागरिकलाई हातधुन स्यानिटाइजर र नाकमुख ढाक्न मास्क वितरण गर्ने कार्य अघि बढाएको छ।‘हामी चाहन्छौं देश कोरोनाको त्रासबाट आक्रान्त भइरहेको यस घडीमा नागरिकलाई सीमित संख्यामै भए पनि मास्क र स्यानिटाइजर वितरण गरेर उनीहरुको स्वास्थ्य सुरक्षित बनाउन सकौं। वास्तवमा भन्ने हो भने देशको एक उद्या्ेग भएको नाताले यो हाम्रो सामाजिक दायित्व पनि हो, देशलाई परेको बेलामा साथ दिन हामी कहिल्यै पछि पर्ने छैनौ।’

प्रतिक्रिया दिनुहोस्