टेलिकमको सस्तो अनलिमिटेड प्याक



काठमाडौं, (नेस)।

टेलिकमले उपलब्ध गराइरहेका अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिने टेलिकमले जनाएको छ।

अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपियाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जति पनि कल गर्न सकिन्छ। यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै एस्टिक १४१५ एस्टिक ९ एस्टिक २ ह्यास डायल गर्नु पर्छ। यो प्याक लिनका लागि डीभीयुएनएल लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ। यो प्याक एक पटकलिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नुपर्छ।

अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपियाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म असीमित कुराकानी गर्न सकिन्छ। रातभरी कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी छ। यो प्याक लिनका लागि एस्टिक १४१५ एस्टिक १ एस्टिक ५ एस्टिक ४ ह्यास डायल गर्नु पर्दछ।

त्यसैगरी एनभीयुएनएल लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ। विभिन्न प्याकेज प्राप्त गर्नका लागि एस्टिक १४१५ ह्यासमा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्