ग्लोबल आइएमई बैंकको १ करोड १५ लाख सहयोग



काठमाडौं, (नेस)।

ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्ध लड्न सरकारले घोषणा गरेको ‘कोरोनासंक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा रु. १ करोड रुपियाँ योगदान गर्ने निर्णय गरेको छ।

साथै सोही प्रयोजनार्थ बैंकले कान्तिपुर पब्लिकेसनद्वारा स्थापित ‘कान्तिपुर कोभिड–१९ रोकथाम’ कोषमार्फत १५ लाख आर्थिक सहयोगसमेत उपलब्ध गराउने निर्णय गरेकोे छ।

कोभिड – १९ ले आम विश्वसमुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएकोे छ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्