भारतका २२ राज्यमा ‘लकडाउन’



एजेन्सी ।

 

विश्वभर फैलिएको कोरोना भाइरसको कारण भारत सरकारले राजधानी दिल्लीसहित अन्य राज्यमा यो महिनाको अन्त्यसम्मका लागि लकडाउन गरेको छ । आज बिहान ६ बजेदेखि राजधानी दिल्लीमा लकडाउन लागु गरिएको छ ।

 

तर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार उक्त अवधिमा अत्यावश्यक सेवाहरू भने सञ्चालन हुनेछन्।यसअघि आइतवार भारतभरि बिहानदेखि बेलुकासम्म जनता कर्फ्यू लागु गरिएको थियो।

 

आइतवार साँझ भारत सरकारले देशका २२ राज्यका ७५ जिल्लामा मार्च ३१ सम्मको लागि लकडाउन वा अनावश्यक आवतजावतमा प्रतिबन्ध घोषणा गर्योन। कोरोनाभाइरस सङ्क्रमण भेटिएका स्थानहरूमा ती प्रतिबन्ध लागु हुनेछन्।

बीबीसी

प्रतिक्रिया दिनुहोस्