यती एयरलाइन्सले टिकट मूल्य घटायो



काठमाडौं, (नेस)

कोभिड–१९ संक्रमणको प्रभावले काठमाडौं बाहिर जाने यात्रुको सहजताका लागि यती एयरलाइन्सले आफ्ना उडानमा टिकटको मूल्य सस्तो बनाएको छ। भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज र पोखराको लागि टिकटको मूल्य घटाएको कम्पनीले जनाएको छ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायुसेवा सञ्चालक संघ, नेपाल र सर्वधारणको अनुरोधमा लामो दूरीका सवारी साधन सञ्चालनमा नआउँदासम्मका लागि टिकटको मूल्य सस्तो बनाइएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्