सिद्धार्थ बैंक र चिरायु हस्पिटलबीच सम्झौता



काठमाडौं, (नेस)

 

सिद्घार्थ बैंक र काठमाडौंको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्टिच्युट प्रालिबीच बैंकका कर्मचारी तथा ग्राहकलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिने छुटसम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ।

 

सम्झौतापश्चात बैंकका कर्मचारी र कर्मचारीका सदस्यले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिँंदा २० प्रतिशतसम्मको छुट र बैंकका ग्राहकले सेवा लिँंदा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ। उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेशराज महर्जन र चिरायु हस्पिटलका तर्फबाट सञ्चालन निर्देशक चन्देश्वर वैद्यले हस्ताक्षर गर्नु भएको हो।

 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पुर्याउने उद्देश्यले बैंकले देशभर १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टरसहित), १०१ शाखारहित बैंकिङ सेवा, २०५ एटीएम र १६ सयभन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैैकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्