एनसेलको नाइट कल र एसएमएस प्याक



काठमाडौं, (नेस)

 

एनसेलले रुपियाँ १० (करसहित रु .१२.७७) मा भ्वाइस र एसएमएस सेवा बन्डलिङ गरी ‘नाइट कल र एसएमएस प्याक’ योजना ल्याएको छ।

 

यो प्याक सुचारु गर्ने ग्राहकले ४८० मिनेट टक टाइम र ४८० वटा एसएमएस पाउँछन्। चैत ६ गतेबाट ९० दिनका लागि सञ्चालनमा आएको यो प्याकअन्तर्गत पाइने टक टाइम र एसएमएस एनसेल नेटवर्कमा राति १० बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ र यसको समयावधि २४ घण्टाको हुने कम्पनीले जनाएको छ।

 

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ एस्ट्रिक्स २ ह्यास डायल गरी वा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी तेस्रो विकल्प छानेर यो प्याक सुचारु गर्न सक्छन्। साथै अंग्रजीमा एनयु टाइप गरी १७११८ मा एसएमएस पठाई पनि यो प्याक लिन सक्नेछन्।

 

एनसेलले गत पुस १६ गतेदेखि भ्वाइस प्याकको खरिदमा निःशुल्क नाइट एसएमएस पनि दिँदै आएको छ। यो योजनाअन्तर्गत ग्राहकले भ्वाइस प्याकको टक टाइम भ्लोलुम बराबरको अन नेट नाइट एसएमएस पाउँदै आएका छन्।

 

यो योजनाअन्तर्गत ग्राहहले १२ मिनेट टक टाइम रहेको भ्वाइस प्याक सुचारु गरेको खण्डमा १२ वटा एसएमएस बोनस पाउँछन्। त्यसैगरी ४२५ मिनेट टक टाइम रहेको मासिक भ्वाइस प्याकको खरिदमा ४२५ वटा एसएमएस बोनस एसएमएस पाउँछन्।

 

प्रतिक्रिया दिनुहोस्