आज पनि बढ्यो सुनको मूल्य



काठमाडौं ।

 

आज सुन पाँच सयले बढेर ७७ हजार प्रतितोलामा कारोबार भइरहेको छ । आइतबार सुन प्रति तोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ ।

 

हिंजो तेजाबी सुन प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ स्थिर छ। आज चाँदी प्रति तोला ७२० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्