नयाँ उपचार प्रभावकारी भएको दाबी



पेरिस (एजेन्सी)

विश्व महामारीको भयावह रूप देखाइरहेको कोभिड–१९ भाइरसको उपचारमा हालसम्म कुनै प्रभावकारी औषधि तथा खोप विकास नभइरहेका बेला फ्रान्सका एक शोधकर्ताले उक्त भाइरसलाई निष्क्रिय पार्न सक्ने औषधि पत्ता लगाएको दाबी गरेका छन्।

 

शोधकर्ता प्रोफेसर डिडिअस रोबोल्टले यस नयाँ तरिकाको उपचारले मात्र ६ दिनमा भाइरसको प्रसार रोक्न सक्ने बताएका छन्। उनले यसै हप्ता आप्mनो शोधको एक भिडियो पनि जारी गरेका छन्। प्रोफेसर रोबोल्टलाई फ्रान्स सरकारले कोरोना उपचारको उपचार खोज्न नामांकन गरिएको हो।

 

कोभिड–१९ का बिरामीलाई यदि क्लोरोक्विन औषधि सेवन गर्न दिने हो भने उनीहरू ठीक हुने प्रक्रियामा तीव्रता आउने आपूmले पाएको प्रोफेसरले बताए। यसले तीव्र रूपमा भइरहेको प्रसारमा पनि व्यापक कमी आइरहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्