ताराले ल्याइन् सुनौलो तारा



गीतकार तारा अधिकारी अडियो एल्बम सुनौलो ताराका साथ स्रोता माझ आएकी छन्।

 

राजधानीमा हालै आयोजित एक कार्यक्रमका बीच पूर्वमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, गीतकार तथा फिल्मकर्मी चेतन कार्की, संगीतकार तथा गायक जगतमर्दन थापा, गीतकार, गायक तथा संगीतकार गणेश रसिक, प्रथम नायिका भुवन चन्द, लेखिका तथा नारायणगोपाल संगीत कोषकी अध्यक्ष उषा शेरचन, तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, संगीतकार तथा गीतकार दीपक जंगम, संगीतकार राजु सिंहलगायतले संयुक्तरूपमा एल्बम सार्वजनिक गरे। एल्बममा नौ गीत छन्।

 

दीपक जंगम, वसन्त सापकोटा, कल्याण सिंह, दीपक शर्मा, सुवास भुसाल, उमेशराज खड्का, रमेश कडरियाको संगीतमा रहेका गीतमा स्वरूपराज आचार्य, अञ्जु पन्त, प्रमोद खरेल, राज सिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिता अधिकारी, कविता श्रेष्ठ, निकेश राईको स्वर रहेको छ। कार्यक्रममा एल्बममा संगृहित फुलेको केश बोलको गीतको भिडियो पनि देखाइएको थियो।

 

भिडियो रमेश थापाले निर्देशन गरेका छन् भने दिलिप रायमाझी, सिरु विष्ट, गीतकार अधिकारी र बालकलाकार सुलोचना आचार्यले अभिनय गरेका छन्। नवराज उप्रेतीले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्