यात्रुले हाँछ्यु गर्दा पाइलटले विमानबाट हाम फालेपछि…



एजेन्सी ।

विश्व महामारीको रुप ल्याएको कोरोना भाइरसको प्रकोप विश्वका १९२ देशमा फैलिएको छ। कोरोना भाइरसविरुद्ध अझै खोप नबनिसकेका कारण यसबाट विश्व त्रसित बनेको छ।कोरोना भाइरसबाट अहिलेसम्म १४ हजार ६ सय ८७ जना व्यक्तिको ज्यान गइसकेको छ भने ३ लाख ३८ हजार ७ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ।

यसै क्रममा पुणेबाट दिल्ली गइरहेको एयर एसिया इन्डियाको एक विमानमा चढेका एक यात्रुले हाछ्यु गर्दा पाइलटले विमानबाट हाम फालेको घटना सार्वजनिक भएको छ।भारतको एयर एशिया इण्डियाको पुणे दिल्लीको फ्लाइट आइ५७३२ मा शुक्रबार विमानमा तब हंगामा मच्च्यिो जब विमानमा कोरोना भाइरसको आशंका लागेका व्यक्तिले यात्रा गरिरहेका छन्।

किनकी एक यात्रुलाई हाँछ्यु आयो । यसको जानकारी पाउनासाथ विमान चालकले विमान अवतरण हुँनासाथ ककपिट इमरजेन्सी एक्जिटबाट हाम फाले। सामान्यतया विमानको नजिककै गेटको प्रयोग गरिन्छ।तर जब विमानको पहिलो पंत्तिमा बसेका यात्रुले हाँछ्यु गरे तब ती चालक डराएर विमानबाट हाम फालेको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

चालकले विमानबाट हाम फालेपछि यात्रु डरले चिच्याउन थाले। तर त्यहाँका अधिकारीले सबै यात्रुलाई पछिल्लो ढोकाबाट सुरक्षित बाहिर निकाले। हाँछ्यु गर्ने यात्रुलाई अगाडिको ढोकाबाट बाहिर निकालियो। पछि सबै यात्रुको चेकजाँच गरियो । तर सबै यात्रुको रिर्पोट नेगेटिभ आयो।‘विमानबाट निस्कनु सुरक्षित छ भन्ने थाहा नपाउन्जेल ककपिटमा विमान कर्मचारीहरू सेल्फ क्वारेन्टाइनमा बसे ।

क्याप्टेन चाहिँ सुरक्षित चिप्लेटीबाट बाहिर निस्किए किनकि ककपिटबाट पहिलो पंक्तिका सीटहरू नजिकै थिए,’ प्रवक्ताले बताए । विमानमा संक्रमण हटाउन टन्नै रसायन छर्किइएको र घोटीघोटी सफा गरेको पनि उनले बताए ।यसको जानकारी पाउनासाथ विमान चालकले विमान अवतरण हुँनासाथ ककपिट इमरजेन्सी एक्जिटबाट हाम फाले। सामान्यतया विमानको नजिककै गेटको प्रयोग गरिन्छ।

तर जब विमानको पहिलो पंत्तिमा बसेका यात्रुले हाँछ्यु गरे तब ती चालक डराएर विमानबाट हाम फालेको त्यहाँका अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।चालकले विमानबाट हाम फालेपछि यात्रु डरले चिच्याउन थाले। तर त्यहाँका अधिकारीले सबै यात्रुलाई पछिल्लो ढोकाबाट सुरक्षित बाहिर निकाले। हाँछ्यु गर्ने यात्रुलाई अगाडिको ढोकाबाट बाहिर निकालियो। पछि सबै यात्रुको चेकजाँच गरियो । तर सबै यात्रुको रिर्पोट नेगेटिभ आयो।

प्रतिक्रिया दिनुहोस्