डिबालालाई कोरोना



लन्डन, (एजेन्सी)

इटालीयन सिरी ए क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबाला कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्।

उनले शनिबार सामाजिक सञ्जालमार्फत आफूसँगै प्रेमिका ओरियाना सबातिनीलाई पनि संक्रमण भएको जानकारी दिएका हुन्। डिबाला कोरोना संक्रमण भएका युभेन्ट्सका तेस्रा खेलाडी हुन्।

यसअघि ड्यानिएल रुगानी र ब्लेस माटुइडीमा पनि कोरोना संक्रमित भएका थिए। डिबाला र ओरियाना दुवैमा हाल कुनै स्वास्थ्य समस्या नआएको र दुवै क्वारेन्टाइनमा रहेको डिबालाले जानकारी दिएका छन्।

विश्वमै महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसले इटालीमा सबैभन्दा धेरै असर गरेको छ। उत्तरी भेगबाट शुरू भएको भाइरसले हाल देशव्यापी हुँदै हजारौंको संख्यामा ज्यान लिइसकेको छ। इटालियन एफएले पनि कम्तीमा अप्रिलको पहिलो सातासम्म लिग स्थगित गरिसकेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्