फेइलाइनीलाई कोरोना



लन्डन, (एजेन्सी)

बेल्जियमका फुटबलर माराउने फेइलाइनी कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका छन्।

३२ वर्षीय बेल्जियन मिडफिल्डर फेइलाइनीको परीक्षणको क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको जिनान प्रदेशको स्वास्थ्य विभागले जनाएको छ। फेलाइनी शुक्रबार मात्र चीनको जिनान पुगेका थिए।

इंग्लिस प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड र एभर्टनका पूर्वमिडफिल्डर रहेका फेइलाइनी कोरोना संक्रमित हुने चाइनिज सुपर लिगका पहिलो खेलाडी हुन्।

गत डिसेम्बरमा चीनको उहानबाट शुरू भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर फैलिएको छ। तर, चीनमा भने यसको असर कम हुँदै गएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्