माल्दिनी बाबु–छोरालाई कोरोना



मिलान, (एजेन्सी)

इटाली तथा एसी मिलानका पूर्वडिफेन्डर पाउलो माल्दिनी र हाल सोही क्लबबाट खेल्ने उनका पुत्र डेनियल कोरोना भाइरसबाट संक्रमित भएका छन्।
एसी मिलानले शनिबार एक विज्ञप्ति जारी गर्दै माल्दिनी बाबु–छोरामा संक्रमण भएको पुष्टि गरेको हो।

 

हाल एसी मिलानका प्राविधिक निर्देशकसमेत रहेका ५१ वर्षीय माल्दिनी इटालियन फुटबलका सदाबहार डिफेन्डरका रूपमा परिचित छन्। उनले सिरी ए मा ६ सय ४७ म्याच खेलेका छन्।

 

उनका १८ वर्षीय छोरा डेनियलले भने– ‘यसै सिजन मात्र क्लबमा डेब्यू गरेका हुन्।’ जारी विज्ञप्तिमा पाउलो र र डेनियलको स्वास्थ्य स्थिति स्थिर रहेको र बितेको दुई हप्ता उनीहरूले घरमा नै बिताएको उल्लेख गरिएको छ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्